ताजा अपडेट »

कांग्रेस र प्रचण्ड-नेपाल पक्ष प्रदेश-१ को तेस्रो वार्षिकोत्सवमा गएनन्

सोमबार, ०३ फागुन २०७७, ११ : २४
6 Shares

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड नेपाल पक्षले प्रदेश १ सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव बहिष्कार गरेका छन् ।

मुख्यमन्त्री कार्यालय विराटनगरमा सोमबार भएको वार्षिकोत्सव कार्यक्रममा नेकपा प्रचण्ड-नेपाल पक्षका सांसद र कांग्रेसका प्रदेशका नेता र पदाधिकारी नगएका हुन् । 

मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सरकारका मन्त्रीहरु, राई पक्षका केही सांसद र सरकारी कर्मचारीहरु भने कार्यक्रममा सहभागी छन् । कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ । निमन्त्रणा आए पनि पार्टीको आन्दोलनको कार्यक्रमसँग समय जुधेकाले सहभागी हुन नपाएको कांग्रेसका नेताहरुकाे भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।