March 1, 2021, Monday
२०७७ फाल्गुन १७, सोमबार

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागिताका लागि आग्रह

255

फाइल तस्विर

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा सोमबार प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका छन् । विघटनविरुद्ध पार्टीले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन सम्पन्न गरिसकेको छ ।

पछिल्लो अपडेट