ताजा अपडेट »

आयोगलाई प्रचण्ड-नेपालको प्रश्न: नेकपाको विवाद नसुल्झाइ कसरी निर्वाचन हुन्छ ?

आइतबार, ०२ फागुन २०७७, १४ : १९
8 Shares

काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल पक्षले पार्टीभित्र देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ ।

निर्वाचन आयोगले आचारसंहिताका विषयमा गरेको राजनीतिक दलसँगको छलफलमा पुगेका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले ६४ प्रतिशत मत भएको नेकपाको विवाद नसुल्झाइ कसरी निर्वाचन हुन्छ भनी प्रश्न गरेका छन् । आयोग सरकारको लाचार छाया बन्न नहुने उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। त्यसपछि नेकपा दुई चिारमा विभाजन भएको छ । प्रचण्ड नेपाल पक्ष निरन्तर आन्दोलनमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।