ताजा अपडेट »

प्रतिनिधिसभा विघटन मुद्दाको मंगलबार बहस नहुने

सोमबार, २६ माघ २०७७, १६ : ४४
6 Shares

काठमाडौं । मंगलबार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस नहुने भएको छ ।पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले सोमबारको इजलासमा जानकारी दिए ।

पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहेका पाण्डे विगत लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।