February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

थप १०५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

210

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार १०८ रहेको छ । आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३५ छ ।

पछिल्लो अपडेट