ताजा अपडेट »

थप १७१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विहीबार, २२ माघ २०७७, १६ : १९
8 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १७१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६७ हजार २९२ जना स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३३ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।