ताजा अपडेट »

थप १७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

मंगलबार, २० माघ २०७७, १६ : २५
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १७१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार ४ सय रहेको छ । पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६६ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३० छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।