ताजा अपडेट »

थप १०५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

आइतबार, १८ माघ २०७७, १६ : ५९
4 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ । पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६६ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २९ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।