१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

फाइल तस्विर

वैशाख ३०,
भैरहवा । सरकारको लापरवाहीका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम फेरि ठप्प भएको छ । काम गरेको रकम भुक्तानी नपाएको भन्दै चिनिया ठेकेदार कम्पनी नर्थवेष्ट युनाइटेड कम्पनीले आइतबार बिहानदेखि काम ठप्प पारेको नेपाल नागरिक उडड्नयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

‘प्राधिकरणमार्फत भुक्तानी हुनुपर्ने पैसा हामीले ठेकेदार कम्पनीलाई दिइसकेका छौं, तर एसियाली विकास बैंकमार्फत भुक्तानी गर्नुपर्ने पैसा रोकिएको छ, त्यै भएर आजदेखि ठेकेदारले काम रोकेको छ’ अधिकारीले भन्नुभयो, ‘पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयलाई भुक्तानीको पत्र पठाएको  र अर्थले एडीबीसँग कुरा गरेको भन्ने सुनेका छौं तर भुक्तानी भएको छैन ।’ आयोजनाले एसियाली विकास बैंकबाट पाउनुपर्ने १० करोड रुपैँयाभन्दा धेरै रकम पाएको छैन । एडीबीबाट भुक्तानी नपाउँदा मुख्य ठेकेदार नर्थवेष्ट युनाइटेडले सहायक ठेकेदारलाई पनि भुक्तानी दिन सकेको छैन । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्यै सबैभन्दा राम्रो प्रगति भएको आयोजना हो । विमानस्थलमा अब जम्मा ५ सय मिटर धावनमार्ग पिच गर्न बाँकी रहेको छ । यस्तो अवस्थामा भुक्तानी रोकिएर काम ठप्प हुँदा ठूलो असर पर्ने आयोजनाले जनाएको छ ।

रन वे, ट्याक्सी वे, पार्किङ, एप्रोन लगायतका संरचनाको काम पनि ७० प्रतिशतको हाराहारीमा सकिएको छ । यहि जुन महिनामा काम सकेर सेप्टम्बरमा परीक्षण उडान गर्ने तयारी भएपनि बेलैमा काम नसकिने भएकाले सन् २०१९ भित्र भैरहवा विमानस्थल चलाउने नेपाल नागरिक उडड्यन प्राधिकरणको तयारी छ । विमानस्थलको लागि चाहिने सामग्रीको लागि टेन्डर आव्हान भैसकेको छ भने एअर रुटको पनि टुंगो लागेको छ  । ‘तर यस्तो अवस्थामा विमानस्थलको काम रोकिनेगरी सरकारले बेवास्ता गर्नुले सरकार विकास निर्माणका काममा गम्भीर नभएको देखिएको छ ।’ नागरिक उडड्यन प्राधिकरणका अर्का अधिरकारीले भन्नुभयाे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा