ताजा अपडेट »

थप १५७ कोरोना जनामा संक्रमण, ५ जनाको मृत्यु

शुक्रबार, १६ माघ २०७७, १६ : ४६
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ । पछिल्लो २४ घण्टामा ३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६५ हजार ६९८ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २५ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।