ताजा अपडेट »

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशभर प्रदर्शन

मंगलबार, १३ माघ २०७७, १६ : ५५

काठमाडौं । काँग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

बैठकले माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक संस्था र ३० गते जिल्लामा आन्दोलनको घोषणा गरेको हो । यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरी र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।