ताजा अपडेट »

थप ३०३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

मंगलबार, १३ माघ २०७७, १६ : ४२
10 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६४ हजार ८२३ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार १७ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।