ताजा अपडेट »

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

सोमबार, १२ माघ २०७७, १६ : ४६
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६४ हजार ५३८ संक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ ।

आजको कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।