ताजा अपडेट »

देश अगाडि बढ्न कसैले रोक्न सक्दैन् : प्रधानमन्त्री

सोमबार, १२ माघ २०७७, १४ : २५
10 Shares

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अगाडी बढ्न कसैले नसक्ने बताएका छन् । सोमवार नेपाल कै दोस्रो लामो दाङको राप्ती नदीमा रहेको उक्त पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशलाई अगाडी बढ्न कसैले नरोक्ने भन्दै संविधान र प्रणालीको रक्षा गर्ने समेत बताएका हुन् ।

उनले देशमा सुशासन र विकास ल्याउने भन्दै सुशासन र विकासलाई प्रत्याभुत गर्दै अगाडी बढाउने समेत बताए । उनले अहिले देशमा विकासको लहर चलिरहेको समेत बताए । कोभिड १९ ले पनि विकास निर्माणमा रोक्न नसकेको भन्दै उनले केहि प्रतिकुल्ताहरु थपेको भएता पनि आफुहरुले ति प्रतिकुल्ताहरुलाई चिरेर अगाडी बढेको दावी गरे । यसको उदाहरण यो पुल समय मै निर्माण हुनु पनि एक भएको बताए ।

साथै, प्रधानमन्त्री ओलीले यहि ठाउँमा प्रदेशको राजधानी बन्न लागेको र जसका लागि यो पुल महत्वपूर्ण रहेको बताए । त्यसैगरी उनले यहि ठाउँमा नमुना कलात्मक सिग्नेचर पुल निर्माण हुन लागेको भन्दै त्यस पुलले लुम्बिनीको सुरक्षा हुनुको साथै विकासको नमुना हुने समेत बताए । राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीको २०७३ मंसिर २२ गते प्रधानमन्त्री भएको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिलान्यास गरेका थिए ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ । चौडाइ साढे १० मिटर छ उक्त पुल करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको हो । पुल ४ वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता थियो । तर, निर्माण कम्पनीले तोकिएको समयभन्दा ४ महिना अगाडि नै पुल निर्माणको काम पुरा गरेको थियो । उक्त पुल ६ महिनाअघि निर्माण सम्पन्न भएको थियो ।

राप्ती नदीमा पुल नहुदाँ यहाँका नागरिकहरुले बर्षायाममा निकै सास्ती भोग्दै आएका थिए । ज्यानलाई जोखिममा राखेर डुंगाबाट नदि वारपार गर्ने गर्दथे । त्यस्तै कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो यो पुल निर्माण भएसंगै पूर्व पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेटपनि समय लाग्दैन । लामो पुल निर्माण भएपछि स्थानीयको दुःख र सास्ती घटेको छ ।

राप्ती गाउँपालिकाबाट सिधैँ गढवा गाउँपालिका जान सकिन्छ । बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा रहेको पुल नेपालको सबै भन्दा लामो पुल हो । जसको लम्बाई १ हजार १५ मिटर छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी