ताजा अपडेट »

ओलीलाई साधारण सदस्यताबाट समेत निश्कासित गर्ने प्रचण्ड-माधव समूहको निर्णय

आइतबार, ११ माघ २०७७, १९ : २०
4 Shares

काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले असंवैधानिक गतिविधिलाई निरन्तरता दिएको भन्दै ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसअघि माघ २ मा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाउँदै तीन दिनको समय दिएका थिए । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि बहुमत पक्षको नेकपाले निरन्तर जनपरिचालनलगायतका विरोध कार्यक्रम अगाडि बढाउँदै आएको छ । यसअघि नै पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।