ताजा अपडेट »

थप २७० जनामा कोरोना, मृतकको संख्या २ हजार नाघ्यो

आइतबार, ११ माघ २०७७, १७ : १०
10 Shares

बुटवल। पछिल्लो २४ घण्टामा नेपालमा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा ४०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६४ हजार १३७ संक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ । आजको कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार १ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।