ताजा अपडेट »

आइसियूबाट फर्किएको शिशुसँगै फर्कियो रेशाको खुशी

आइतबार, ११ माघ २०७७, ०९ : ०६
2 Shares

दाङ । एउटा अधुरो सन्तानले जीवन पाइरहंदा तुलसीपुर उपमहानगर-१५ लुहाडबराकी रेशा रावत अत्यन्तै खुसी छिन् । आइसियूबाट फर्किएको शिशुलाई दुध निचोरेर पाइपबाट खुवाउँदै बचाउने प्रयासमा छिन् । ‘अब मैले जन्म दिएको शिसुलाई जसरी पनि बचाउँछु ।’-रेशाले भनिन् ।

उमेर नपुग्दै ६ महिनामा जन्मिभएको शिसुलाई चिकित्सकहरुको ठूाले प्रयासपछि उनले आफ्नो नवजात शिशूलाई काखमा खेलाउन पाएकी हुन् । ‘हिजो एनआइसियुमा थियो, आज मेरो काखमा आएको छ, मेरै दुध चिनोरेर चम्चाबाट खुवाइरहेकी छु’-तुलसी बाल अस्पतालमा उपचाररत शिशुको स्याहर गर्दै उनले भनिन् । अन्य रोगको जाँच गराउन घोराहीको गोरखा अस्पतालमा पुग्दा उनलाइ सुत्केरी व्यथाले च्याप्यो । महिना नपुगेको शिशुको जन्म भयो । सामान्यतया ९ महिनामा जन्मनुपर्ने बच्चा ६ महिनामै सोहि अस्पतालमा जन्मियो । तौल निकै कम थियो ।

गोरखा अस्पतालले बच्चालाई तत्काल तुलसी बाल अस्पतालमा लैजान रिफर गर्याे । कारण बच्चाले आमाको दुध चुस्ने कल्पना गर्न पनि सकिने अवस्था थिएन । जन्मदा बच्चाको तौल ८ सय ग्राम मात्र थियो । तर तुलसीपुर बाल अस्पतालमा ल्याएपछि बच्चालाई एनआइसियुमा राखियो, धेरै एन्टिवायोटिक्स, रगत र अन्य भिटामिन पनि दिइयो । अहिले बच्चा आशावादी रुपमा विकास भैरहेको छ । आमाको काखमा बस्न लायक भएको छ । तौल बढेर साढे दुइ केजी भएको छ ।

‘म अस्पतालका चिकित्सक, नर्स र सबै स्टाफहरुप्रति आभारी छु, उहांँहरुको सहयोगलाई मैले सब्दमा व्यक्त गर्नै सक्दिन’-आमा रेशाले भनिन्, अब म दुइ सन्तानकि आमा बनेकी छु, पहिले छोरी र अहिले छोरा हुर्काउँंदै छु । उनले अस्पतालका सबै स्वास्थ्यकर्मी र व्यवस्थापकीय टिमलाई धन्यवाद दिइन् । उनको सानो सन्तानले अक्सिजन लिइरहेको थियो । किनकी अझै पनि बच्चा परीपक्क भएको छैन । धेरै संक्रमणका खतरा हुन सक्छन् भनेर चिकित्सकहरुले सुझाइरहेको पनि उनले बताइन् ।

यो सायदै दुर्लभ केश हो । बच्चाका लागि एनआइसियु नभएको भए यति सानो तौलको बच्चा बांच्ने कुनै आधार हुने थिएन । तर तुलसीपुरमा खुलेको तुलसी बाल अस्पतालले एउटा अदितिय काम गरेको अभिभावक सन्तोषले बताएका छन् । अस्पतालका सञ्चालक डा. किशोर खत्री आफू पनि बिरामी बच्चालाई कसरी बचाउन सकिन्छ भनेर विभिन्न मेडिकल अभ्यास गरीरहेको बताए । सकेसम्म नवजात शिशुलाई कसरी बचाउन सकिन्छ भनेर धेरै आधुनिक उपकरण र औषधि व्यवस्थापनसहित आवश्यक परेको अवस्थामा अन्यत्रलगेर पनि निको पार्ने अभियानमा आफू रहेको उनको अभिव्यक्ति थियो ।

‘अभ्यासले नै मानिसलाई पूर्ण बनाउछ भने झै, आधुनिक स्वास्थ्य विज्ञानलाइ पछ्याउंदै विरामी बच्चाहरुको उपचारमा लागीरहेका छौं, अहिलेको घटनाले हामीलाई पनि उत्साहित बनाएको छ’, सोहि बच्चा बचाउन सफल भएको सन्दर्भमा अस्पतालका सन्चालक डा. खत्रीले भने । बच्चा जन्मिने समय तीन महिनापछि थियो, तर विभिन्न समस्याले चाडै जन्मियो, त्यो बच्चालाई बचाउनु पनि हामीलाई एउटा चुनौति थियो, त्यसैले गोरखा अस्पतालमा जन्मिएको सायद यति सानो तौल र यति चांडै समयमा बच्चा बचेको अवस्था दुर्लभै हो । उनले यसलाई मेडिकल साइन्सको भाषमा एक्सट्रम्ली प्रिमेचुअर वेवी भनेका छन् । यो विरलै हुने अवस्था हो ।

मुलुक नयांँ अभ्याससंगै हरेक हेल्थपोष्टमा चौविसै घण्टे सुत्केरी सेवा, सवै संस्थामा मात्रिशिशु स्याहार कार्याक्रम, आमा सुरक्षा कार्यक्रम लगायतका लोकप्रिय कार्यक्रम लागू गरेपनि सरकारी निकायमा दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा तुलसीपुरको प्रादेशिक अस्पतालमा समेत बच्चाको उपचारका लागि सघन कक्ष निर्माण हुन सकेको छैन । नवजात शिशु उपचारका लागि एनआइसियु उपचार कक्ष नहुँदा धेरै आमाहरु सकेसम्म बच्चा जन्माउन यहां चाहंदैनन्, र चिकित्सकले पनि जोखिम लिन चाहेको अवस्था छैन ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी