ताजा अपडेट »

रुपन्देहीमा आंशिक रुपमा जलेको पुरुषको शव फेला, हत्याको आशंका

बुधबार, ०७ माघ २०७७, १४ : ५४
4 Shares

बुटवल । रुपन्देहीमा एक पुरुषको जलाएर हत्या भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मायादेवी गाउँपालिका–७ गरकट्टीमा मंगलबार आन्दाजी ३५/४० वर्षका पुरुषको आंशिक मात्र शव जलेको अवस्थामा फेला परेको जनाएको छ ।

‘मंगलबार दिउँसो २ बजे तिर घटना बारे प्रहरीलाई जानकारी प्राप्त भएको हो, रुपन्देही प्रहरीका अनुसन्धान अधिकृत केशव केसीले भने लगत्तै प्रहरी घटना स्थलमा पुगेको थियो उनले अघि भने करिब १०० जना जति स्थानीयलाई सोध्दा पनि शवको पहिचान भएन् ।’ यस्तै शवको टाउको र घाँटीको भाग धेरै जलेको प्रहरीले जनाएको छ ।

शवको पहिचान हुन नसके पछि घटनाका बारेमा अनुसन्धान गर्न नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको उनले बताए । तालिम प्राप्त कुकुर मंगलबार राति ११ बजे रुपन्देही आएको भएता पनि बुधबार बिहान मात्रै घटनास्थलमा कुकुर लगिएको थियो । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ भने घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।