ताजा अपडेट »

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

मंगलबार, ०६ माघ २०७७, १६ : ५३
6 Shares

बुटवल। नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३४८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६२ हजार २५९ स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ ।
आजको कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ६९ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।