ताजा अपडेट »

थप ३२२ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

सोमबार, ०५ माघ २०७७, १६ : ४७
4 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३२२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६१ हजार ८१८ स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ६५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।