ताजा अपडेट »

थप २६६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

आइतबार, ०४ माघ २०७७, १६ : २९
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६१ हजार ४४४ स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ। आइतबार कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ५९ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।