ताजा अपडेट »

सात महिनादेखि कर्मचारी तलबविहीन

सोमबार, २३ बैशाख २०७६, ११ : ५१
8 Shares


वैशाख २३,

काठमाडौँ ।  सात महिनादेखि तलब नपाएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबार प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाउँदै वैशाख २५ देखि तलबभत्ताबिना काम गर्न नसक्ने चेतावानी दिए ।

प्रतिष्ठानमा नेपाल सरकारका ५३ स्थायी र २४ करार कर्मचारी छन् । गत असोज १२ मा साबिक राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तण भएपछि स्वास्थ्य मन्त्रालयले उनीहरुको अर्को व्यवस्था नभएसम्म प्रतिष्ठानमै काम गर्न निर्देशन दिएको थियो । प्रतिष्ठानले तलब खवाउन चासो नदिएपछि बेखर्ची भएका उनीहरु अघिल्लो वर्षको रात्रिकालीन सेवा, हाजार्ड सार्वजनिक बिदाको भत्ता पन िपाउन नसकेको गुनासो गर्छन । -कान्तिपुर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।