ताजा अपडेट »

माघी पर्वमा रमाउँदै दाङका थारु समुदाय,कला संस्कृति हराउँदै जादाँ चिन्ता

विहीबार, ०१ माघ २०७७, ०८ : ०२
124 Shares
विहीबार, ०१ माघ २०७७
124 Shares

दाङ । थारु समुदायहरुमा यतिबेला माघी पर्वको रौनकता छाएको छ । थारुहरुले माघी पर्व वा माघे संक्रान्तिलाई आफुहरुको नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघी पर्वलाई परापूर्व कालदेखि नै मनाउँदै आएको पर्वलाई झनै तामझामका साथ मनाउन थारु समुदायका मान्छेहरु आ–आफ्नै काम व्यस्त रहेका छन् । कतिपय मान्छे खानाका परिकारको व्यवस्थामा जुटेका छन, त केही मान्छे दुना टपरी बनाउनदेखि लिएर आफ्नो कला र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा ब्यस्त रहेका छन् ।

तर, परम्परागत रुपमा मनाउँदै आएको माघी पर्वमा भने विस्तारै केही खानाका परिकार, कला र संस्कृतिहरु लोप हँुदै गएको पाइन्छ । यस बर्ष झन कोरोनाको कारण गाउँमा खासै चहल पहल नभएको उनीहरुको भनाइ छ । तुलसीपुर उपमहानगरपालिका ७ की निमा चौधरीले पहिलेको तुलनामा अहिले रमाइलो कम हुने गरेको बताउनुभयो । पहिलो धेरै रमाइलो हुने गरेता पनि पछिल्लो समय कला संस्कृति नै हराउँदै जादाँ रमाइलो नहुने उनीले बताइन् ।

त्यसैगरी तुलसीपुर ७ कै थारु अगुवा छोटीलाल थारुलाई पनि पहिलेको तुलनामा अहिले विस्तारै सबै चिज हराउँदै गएको उनले बताए । कला संस्कृतिमा पनि पछिल्लो समय साउण्ड सिस्टमबाट नाच्दाँ र अहिले मतहवाले भनेको नलाग्ने भएकाले पनि सबै हराउँदै गएको उनले बताए । पहिले माघी पर्वको दिन बिहानै मादल बजाउँदै, गीत गाउँदै खोलामा नुहाउन जाने र घरमा आएर मान्यजनलाई ढोक गर्ने, खाना खाने र नाँचगाँन गर्ने चलन छ ।

माघीको दोस्रो दिन आफ्ना चेलिबेटीहरुको घरमा पुगेर निस्राउँ दिने गरिन्छ । पहिले चेलीबेटीहरुलाई ढकिया भरी चामल तथा तरकारीहरु दिइन्थ्यो, उनले भनिन्, तर, अहिले सर समानको रुपमा पैसा दिइन्छ । माघी पर्बमा खानाको रुपमा विशेष गरेर सुंगुरको मासु, आलु, घुइयाँ, तरुल, साग, मुला, सिन्की, रोटी, सुकेको माछा, ढिग्री आदि परिकारहरु बनाइने गर्दछन् ।

थारु समुदायमा रहेको मतहवा पर्था जसलाई थारु अगुवा पनि भन्ने गरिन्छ त्यसलाई पनि यहि माघि पर्वको अवसर पारेर चुन्ने प्रचलन हुदा पनि यसलाई थारु समुदायले बिशेष पर्वको रुपमा लिने गरेको थारु कल्यानकारीणि सभा दाङका अध्यक्ष भुवन चौधरीले बताए । गाँउमा माघि पर्वलाइ नाँचगाँन गरी महोत्सवको रुपमा मनाउने र अहिले त्यो सबै हराउँदै आएको र संग्राहलयको रुपमा रहने हुँदा अरु समुदायले थाहा नपाउने र यो प्रचलन हराउँदै गएपनि पनि अध्यक्ष चौधरीले बताए ।

माघिको भोलिपल्ट आ–आफ्ना चेलिबेटिहरुलाई मिठो परिकारसहित निस्राउ दिने चलन थारु समुदायमा छ । दाङ, बाँके, बर्दियालगायत थारु बाहुल्यता रहेका माघी पर्वलाई विशेष र हर्षउल्लासको पर्वको रुपमा मनाउने चलन छ । पुराना परम्परा र संस्कृतिलाई जोगाउन पछिल्लो पुस्ताले पनि बुझ्न जरुरी देखिन्छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी