ताजा अपडेट »

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा संवैधानिक इजलासमा बहस सुरु

बुधबार, २९ पुस २०७७, १२ : २१
4 Shares

काडमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ । बुधबारको बहसमा सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास तथा किन बृहत पूर्ण इजलासमा भन्ने विषयमा केन्द्रीत रहने बताइएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । यसबारे कहाँ सुनुवाइ हुने भन्ने आज तय हुनेछ । संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिएकी छन् । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उनका स्थानमा आज मल्ल तोकिएकी हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलासमा अब मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।