ताजा अपडेट »

थप ४३० जनामा कोरोना संक्रमण, ५ को मृत्यु

मंगलबार, २८ पुस २०७७, १६ : १९
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५९ हजार ३५८ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ३२ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।