१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

दाङ । घोराही उपमहानगरपालिकाले मातृशिशु स्वास्थ्यको कार्यविधि बनाएर आमा र बच्चाको स्वास्थ्य सुरक्षामा लगानी गर्न लागेको छ । उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधि बनाई आमा र बच्चाको स्वास्थ्यमा लगानी गर्न लागेको हो ।

Advertisement

गर्भवती भएदेखि नै आबश्यक स्वास्थ्य जाँच, पोषण, खोपलगायतका आधारभूत स्वास्थ्य सेवालाई सुनिश्चित गर्दै आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कार्यविधि बनाउन लागेको हो । उक्त उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधिको मस्यौदामा आज स्वास्थ्यकर्मी र वडा सचिबहरु विच छलफल भएको छ ।

गर्भ रहेदेखि बच्चा जन्मदासम्म चार पटक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने, बच्चा जन्मेपछि ३५ दिन भित्र अनिवार्य जन्मदर्ता गराउनु पर्ने, खानपानमा सन्तुलन मिलेको हुनुपर्ने छ । कार्य विधिले तोकिएका सबै मापदण्डको पालना भएपछि जन्मीएको बच्चा र आमाका लागि घोराही उपमहानगरपालिकाले खुत्रुकेमा एक हजार रुपैयाँ राखेर दिने भएको हो ।

गतबर्षका सुरुभएको उपप्रमुख खुत्रुके अभियानलाई यस बर्षदेखि कार्यविधि नै बनाई आमा र बच्चाको स्वास्थ्य सुरक्षामा विषेश ध्यान दिएको नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिइन् । उक्त कार्यविधिमा सामाजिक संस्कार अनुसार न्वारान, भात खुवाई, चाडपर्वमा शिशु तथा आमालाई दिईने दक्षिणाबाट आउने रकमलाई फजुल खर्च नगरी उक्त खुत्रुकेमा जम्मा गर्ने र अप्ठेरो पर्दा बच्चा र आमाको उपचार तथा पोषणका लागि खर्च गर्ने उल्लेख छ ।

यस आर्थिक बर्षमा उपमहानगरले उपप्रमुख खुत्रुके बचत कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रममा उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले मातृशिशु स्वास्थ्यलाई सबल र सक्षम बनाउन यो कार्यक्रम ल्याईएको बताए । बालमैत्री नगर बनाउने, मातृशिशु मृत्युदरलाई घटाउने, पैसा बचतको बानी विकास गर्ने र पोषिलो खानेकुरा प्रति ध्यान जगाउन समेत कार्यविधि बनाईएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने