ताजा अपडेट »

थप २५९ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

आइतबार, २६ पुस २०७७, १६ : ३४
14 Shares

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २५९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा ५१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५८ हजार ४४१ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय १७ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।