ताजा अपडेट »

थप ५५४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

शुक्रबार, २४ पुस २०७७, १६ : १३
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५५४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार २२९ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय ९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।