ताजा अपडेट »

थप ४१२ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

विहीबार, २३ पुस २०७७, १६ : ३०
6 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४१२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५६ हजार ६४४ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय ३ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।