१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023


भैरहवा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) भैरहवा बहुमुखी क्याम्पसको भेलाले सागर न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटि अध्यक्ष सरोज ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा २० औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको नेकपा नगर कमिटी सदस्य तथा बिद्यार्थी इञ्चार्ज चक्र बहादुर थापाले बताए । जसको उपाध्यक्षमा सुन्दर केसी, सचिवमा आषिश पन्त, सह सचिवहरुमा मनोज पन्त, मञ्जु आचार्य, सञ्जय केवट, कोषाध्यक्षमा मनोज पाण्डे, सह कोषाध्यक्षमा प्रतिक्षा नेपाल, अनुशासन विभाग प्रमुखमा गणेश पोख्रेल, महिला बिभाग प्रमुख सोनी मगर, मधेसी बिद्यार्थी बिभाग प्रमुख अजय यादव निर्विरोध रुपमा चयन भएका छन् ।

Advertisement


त्यसैगरि सदस्यहरुमा रिया श्रेष्ठ, सलोनी श्रेष्ठ, समीक्षा ठकुरी, रिया विक, धर्मेन्द्र कार्की, प्रतिक नेपाल, विकास पौडेल, सुनिल उपाध्याय, आयशा सुनार, निशान्त खनाल, कृष्णा रावल, विजय रजाली, रामनाथ चौधरी, सुन्दर गौतम, अंकित पोख्रेल, सुरज ज्ञवाली, सुनिल उपाध्याय, रजनी जैसवाल, पूजा यादव र रेखा साहनी गरि जम्मा ३१ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको मन्तब्य ब्यक्त गर्दै अनेरास्ववियू स्थाई कमिटी सदस्य यम पाण्डेले बिद्यार्थीहरुको अगुवा संगठन अनेरास्ववियू भएको बताए ।नेकपा रुपन्देही जिल्ला कमिटी सदस्य समेत रहेका पाण्डेले राजनीति सुधार्नका लागि नेताहरु जेल नेल बसेको ठूलो तपस्या गरेको संघियता, धर्म निरपेक्षता ल्याएको बताउँदै अबको पुस्ताले क्याम्पस कमिटी हुँदै राजनितीलाई नेतृत्व गर्नु पर्ने बताए । भैरहवा बहुमुखी क्याम्पसका अनेरास्ववियूले स्ववियुमा जितेपछि निरन्तर क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गरि विद्यार्थीहरुको हितका लागि काम गरेकोे बताए ।

कार्यक्रमका बिशिष्ठ अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियू विद्यार्थी सह इन्चार्ज उमा अधिकारीले विद्यार्थीहरुको हक हितका लागि निरन्तर लागिरहने संगठन अनेरास्ववियू सदैव विद्यार्थीहरुको पक्षमा आन्दोलन गरिरहने बताइन् ।

भैरहवा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव तथा विद्यार्थी नगर इन्चार्ज चक्र बहादुर थापाले भैरहवा बहुमुखी क्याम्पसका नयाँ संकाय ल्याउने, विद्यार्थीहरुको मासिक शुल्क कम गर्ने देखि विद्यार्थीहरुको अगुवाई गर्ने संगठन अनेरास्ववियू भएको बताए । कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटी सदस्यहरु साजन भण्डारी, शेषकान्त पोख्रेल, भीम भण्डारी, पूर्व स्ववियु उप सभापति उमेश थापा लाटोमगर, नेकपा नगर कमिटी सदस्य एवं वडा नम्बर १२ का इञ्चार्ज तथा जनप्रतिनिधि कुमार गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई