ताजा अपडेट »

थप ४०३ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

सोमबार, २० पुस २०७७, १६ : २७
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५५ हजार ०८८ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ८५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।