ताजा अपडेट »

थप ४२१ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

आइतबार, १९ पुस २०७७, १६ : ३१
6 Shares

बुटवल। नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५४ हजार ४९४ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ७८ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार ४८५ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।