Jun 4, 2023
बुटवल । ग्लोबल मिडिया गु्रपद्वारा आयोजित एकदिने प्रसनालिटी प्लस व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मिडिया ग्रुप अन्तर्गत कार्यरत सञ्चारकर्मी तथा कर्मचारीहरुको व्यक्तित्व विकास तथा सहजीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा चर्चित मिडिया पर्सनालिटी तथा कर्पोरेट प्रशिक्षक प्रभात रिमालले प्रशिक्षण प्रदान गरेकाथिए ।
कोरोनाको महामारी,लकडाउन र सो को असर तथा जोखिम अझैपनि कायम रहेको हुँदा सञ्चारमा कार्यरत कर्मचारीहरुमा निराशा र अन्यौलता समेत देखिएको हुँदा समस्या र संघर्षसँगै सम्भावनाबारे अभिप्रेरित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको आयोजक ग्लोबल मिडिया ग्रुपका प्रबन्ध निर्देशक गौतम भुसालले जानकारी गराए ।
त्यसैगरी प्रशिक्षक प्रभात रिमालले समस्या र संक्रमण अवस्था जे-जस्तो भएपनि हरेक व्यक्तित्वले आफू र आफ्नो क्षमतालाई पहिचान गरी प्रयोग गर्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा ग्रुपका एचआर तथा पिआर प्रमुख प्रदिप नेपाल, ग्रुपकी निर्देशक श्रृष्टि अधिकारी भुसाल,ग्लोबल आवाजका सम्पादक एन.बी.कंडेल,व्यवस्थापक विवेक न्यौपाने, समाचार प्रमुख डिबि सुस्लिङ्ग, लेखाप्रमुख सुमन ज्ञवाली,आइटी अफिसर कुलदिप शर्मा,डेस्क प्रमुख बसन्त आचार्य लगाएत कार्यरत दर्जन बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
ग्लोबल मिडिया ग्रुप अन्तर्गत ग्लोबल मिडिया सलुसन, ग्लोबल पब्लिसिटी कम्पनी, ग्लोबल संचार गृह, ग्लोबल आवाज अनलाइन, ग्लोबल डिजिमार्क,बुद्धभूमि साप्ताहिक पत्रिका र ग्लोबल डिजिटल प्रिन्ट्स लगाएतका संस्थाहरु सञ्चालित छन् ।
प्रतिकृया दिनुहोस्