ताजा अपडेट »

प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटायो, आचार्य चयन

विहीबार, १६ पुस २०७७, १२ : ५६

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले प्रदेश १ को सदीय दलको नेतामा भीम आचार्य चयन गरेको छ । बिहीबार बिहान बसेको प्रचण्ड–नेपाल समूहको नेकपाले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर आचार्यलाई दलको नेतामा चयन गरेको हो ।

मुख्यमन्त्री राईविरुद्ध यसअघि नै अविश्वासको प्रस्ताव दर्ता भैससकेको छ । नयाँ मुख्यमन्त्रीमा आचार्यलाई नै प्रस्ताव गरिएको थियो । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूहमा रहेका शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–नेपाल समूहको पक्षमा ४० भन्दा बढी सांसद छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।