ताजा अपडेट »

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदुर पश्चिमको विजयी सुरुवात

मंगलबार, १४ पुस २०७७, १३ : ५९
4 Shares

दाङ । सुदुर पश्चिम प्रदेशले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको सुदुर पश्चिमले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मंगलबार दिनको पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्यो ।

खेलमा सुदुर पश्चिमले दिएको १ सय ८ रनको विजयी चुनौतीलाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ४८ रनमा सिमित हुन् पुग्दा नतिजा सुदुर पश्चिमले आफ्नो पक्षमा पार्न सफल भयो । ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहदै ६ रन जोडिन ।

बलिङमा सुदुर पश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदले १-१ विकेट लिएका थिए। त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । टिमले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर रेवती धामीले सर्वाधिक ठूलो पारी खेलिन् । ३६ बलको सामना गरेकी उनले २ चौकासहित २७ रन बनाएकी थिइन् । यस्तै रेवती बाहेक टोलीका लागि कप्तान विन्दु रावलले १३ रन , ओपनर ब्याटर मन्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन बनाएकी थिइन् ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३-३ विकेट हात पारे । भने अञ्जली विश्वकर्माले पनि पनि १ विकेट लिन सफल भइन् । यता प्रतियोगितामा समूह ए बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन् । एपीएफ समूह विजेता हुँदै सेमिफाइनल पुग्दा लुम्बिनी उप - विजेता बन्दै सेमिफाइनल पुगेको छ । प्रतियोगिता अन्तर्गत अब सेमिफाइनलमा एपीएफले समूह बी को उप - विजेतासँग खेल्नेछ । भने लुम्बिनीले समूह बीको विजेतासँग पुस १८ गते खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस १९ गते हुनेछ ।

https://www.globalaawaj.com/archives/71050
सुमन केसी
लेखकको बारेमा
सुमन केसी