ताजा अपडेट »

प्रचण्ड–नेपाल समूहले पुस १४ गते देशभर प्रदर्शन गर्ने

विहीबार, ०९ पुस २०७७, १६ : २४
4 Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बबहरमलस्थित काकीं ब्यांक्‍वेटमा जारी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलनका लागि २ हजार ५ सय १ जनाको परिचालन कमिटीसमेत गठन गर्ने निर्णय भएको छ । बैठकले संघर्षका कार्यक्रम अन्तर्गत भोलि शुक्रवार साढे ९ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने र निर्वाचन आयोगमा दलको आधिकारिकताका घेराउ गर्न जाने रणनीति बनाएको छ। २ बजे भने पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ । पुस १४ गते देशभर प्रदर्शन गर्ने, २० गते नगरभेला र २५ गते सम्म वडास्तरका भेला र जिल्ला कमिटीबाट थप आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ । महासचिव पद भने टुंगो लागेको छैन । सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएता पनि निर्णय हुन नसकेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।