ताजा अपडेट »

‘छक्का पन्जा–३’ यूट्यूबमामा,२४ घण्टामै ट्रेण्डिङमा

विहीबार, ०९ पुस २०७७, ११ : २६
12 Shares

काठमाडौं । दिपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पन्जा–३’ सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म बुधबार साँझ सार्वजनिक भएको हो । फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ ।

फिल्मले ६ लाख बढी दर्शक पाउँदै युट्युव ट्रेन्डिङको आठौं स्थान ओगट्न सफल भएको हो ।फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।

https://www.youtube.com/watch?v=F9fY5tCg2vc&feature=emb_title
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।