ताजा अपडेट »

प्रधानन्यायाधीशले पठाए प्रतिनिधिसभा विघटनविरूद्धका सबै मुद्दा संवैधानिक इजलासमा

बुधबार, ०८ पुस २०७७, १४ : ०१
14 Shares
बुधबार, ०८ पुस २०७७
14 Shares

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध परेका १२ रिटको बुधबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको रिट निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र वलीले जानकारी दिए।

उनका अनुसार प्रधानन्यायाधीश राणाले इजलासमा यी मुद्दाहरूमा संवैधानिक विषय जोडिएकाले संवैधानिक इजलासमा पठाउनु पर्ने बताएका थिए। बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए । उनीहरुको बहसपछि प्रधानन्यायाधीश राणाले पठाउने संविधानसँग जोडिएको विषय र वैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।