ताजा अपडेट »

आफूहरुको बैठक आधिकारिक भएको प्रचण्डको दाबी

मंगलबार, ०७ पुस २०७७, १६ : ४५
8 Shares

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको बैठक आधिकारिक भएको दाबी गरेका छन् । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले नै नेकपाको प्रतिनिधित्व गरेको दावी गरेका हुन् ।

उनले तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकतालाई स्मरण गर्दै केन्द्रीय समिति बैठकका लागि आवश्यक सबै वैधानिकता यो बैठकमा रहेको उल्लेख गरेका छन् ।यस्तै, उनले राम बहादुर थापा बादल र वामदेव गौतम पनि आफ्नो समूहको बैठकमा आउने बताएका छन् । ‘बादल भोलिको हाम्रो बैठकमा आउनु हुन्छ’ प्रचण्डले भने, ‘वामदेव गौतम पनि बालुवाटारको बैठकमा जानु भएको छैन । यतै आउनु हुन्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।