ताजा अपडेट »

‘विर विक्रम २’ मा पल र नाजिर

विहीबार, १२ बैशाख २०७६, १६ : ४४
16 Shares

वैशाख १२,

मिलन चाम्स निर्देशित चलचित्र ‘विर विक्रम २’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।

‘विर विक्रम–२’ मा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन मुख्य भूमिकामा छन् । पल र नाजिरले विर विक्रमको भूमिका निभाएका छन् । चलचित्रमा वर्षा, पल र नाजिरसँगै बुद्धि तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी, मनोज केसी, मनिष लिम्बू, सन्तोष खनाल लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । यस चलचित्रमा दुई मिल्ने साथी विर र विक्रमको मित्रतालाई देखाइएको छ । प्रदिप भारद्धाजको लेखन रहेको यस चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् भने बनिस शाहले सम्पादन गरेका हुन् । ‘विर विक्रम २’ जेठ ३ गते देखि देशभर प्रदर्शन हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।