१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

रुपन्देही । घरबारविहीन भएकाका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण कार्य शुरु भएको छ । घरबारविहीन भई सडक पेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका-६ पश्चिम पहुनीमा आश्रमका लागि भवन निर्माण शुरु गरिएको हो।

Advertisement

मानवसेवा आश्रमको शिलान्यास गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बेसहारालाई साहारा दिने कार्यमा सरकारको सदैव सहयोग रहने बताए । उनले देशका विभिन्न स्थानमा यस्ता आश्रमको स्थापना गरी देशलाई सडक मानवमुक्त बनाउनुपर्ने बताए । सामाजिक सेवाको भावना राखेर गरिने कुनै पनि कार्यमा सरकारको सहयोग रहने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेशलाई सडक मानवमुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले सेवा नै धर्म हो भन्ने भावना राखेर मानव सेवा आश्रमको कामलाई पूर्णता दिनुपर्ने धारणा राखे।

मोक्षधाम परिसरभित्र निर्माण हुने प्रस्तावित भवनको लागत करिब रु छ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको भवन निर्माण समितिका अध्यक्ष लोकनाथ भुसालले जानकारी गराए । घरबारविहीन भई सडक पेटीमा गुजारा गर्दै आएका व्यक्तिलाई गाँस, बाँस र कपासको व्यवस्था गर्दै आएको मानव सेवा आश्रमले देशका सातवटै प्रदेशमा २१ वटा शाखामार्फत एक हजार १०० बढी सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै आएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

अब उनले मेरो फोन कहिल्यई उठाउने छैनन् ! सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका