ताजा अपडेट »

राष्ट्रपतिबाटै नियमको धज्जी

सोमबार, ०९ बैशाख २०७६, १० : ५६
10 Shares

बैशाख ९,

काठमाण्डौ । फोटो खिच्न बन्देज लगाइएको भक्तपुरको तलेजुभित्र शनिबार खिचिएको राष्ट्रपति विद्यादेवी भण्डारीसहितको सामूहिक फोटो भाइरल बनेको छ ।

भक्तपुरको तलेजुभित्रको फोटो खिच्न बन्देजसम्पदा स्थलमा खिचिएको राष्ट्रपति भण्डारीसहितको फोटो भाइरल बनेको हो । सामाजिक सञ्जाल फेसबुकमा फोटो भाइरल भएको हो । फोटो भक्तपुर दरबार क्षेत्रको स्वर्णगजुरबाट भित्र तलेजुको प्रवेशद्वारमा खिचिएको देखिन्छ । तलेजु मन्दिरभित्र जान जुत्ता खोल्नुपर्ने नियम छ ।

तस्वीरमा राष्ट्रपति भण्डारी भक्तपुर उद्योग वाणिज्य संघले शनिबार दरबार क्षेत्रमा गरेको कार्यक्रममा आइपुग्दा खिचिएको थियो । -नागरिक दैनिकबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।