१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

पिता दुर्गा माता पशुपतिका दोश्रो सन्तानका रुपमा वि.स. २०४० चैत्र ४ गते ढिकुर पोखरी-९, कास्कीमा कमल भण्डारीको जन्म भएको थियो । २०५६ सालमा राष्ट्रिय मा.वि. पोखराबाट उनले एसएलसि परीक्षा उतिर्ण गरि पृथ्वी नारायण क्याम्पसमा अध्ययन गर्न थाले । बुबाको सल्लाह अनुसार कमल कराँते खेल्न थाले ।

Advertisement

२०५८ साल तिर साथी सुनिल पौडेलसँग मिलेर आफ्नो घरमा नै सिमेन्टको ब्लक लिएर व्यायाम गर्न थाले । पछि दाजु राजु कार्कीले नयाँ बसपार्कस्थित आफ्नै घरमा खोलेको व्यायामशालामा कमल जान थाले । २०६१ सालतिर कमलले पोखरा व्यायामशालाको सदस्यता लिए । उनको शारीरिक सुगठन तर्फको पहिलो प्रतियोगिता २०६२ सालमा आयोजना भएको तेस्रो मिष्टर पोखरा थियो । जसमा उनि ५५ के जी तौल समुहमा तेस्रो हुन सफल भएका थिए । छोरोले पहिलो प्रतियोगिताबाट नै राम्रो नतिजा ल्याएको देखेर उनका पिता असाध्यै खुशी भएका थिए । बुबाको अनुहारमा देखिएको चमकले कमललाई खेलमा लाग्न थप हौसला मिल्यो ।

त्यहीक्रममा कमलको चिनजान पोखराका शारीरिक सुगठन खेलका अग्रज खेलाडी शंकरमान उदाससँग भयो । जसले पोखरामा रत्नश्री नामक जिम संचालन गर्थे । २०६२ सालमा शंकरमान उदासले कमललाई काठमाण्डौमा नेपाल व्यायाम मन्दिरको आयोजना भएको दशौं धर्मश्री खुला राष्ट्र व्यापी शारीरिक सुगठन प्रतियोगितमा भाग लिन लिएर गए । त्यहाँ कमलले पहिलो पटक राष्ट्रिय स्तरका खेलाडीहरु देख्ने अबसार पाए । उनिहरुको मिलेको र बलिष्ठ शरीर देखेर आफूले पनि अब त्यस्तै शरीर बनाउने प्रण गरे । २०६५ सालमा काठमाण्डोमा नै आयोजना भएको पाचौ राष्ट्रिय खेलकुद अन्तर्गत बाह्रौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितमा भाग लिन लिए ।

आफ्नो बजन समुहमा दोस्रो स्थान हात पर्न सफल भए । २०६८ साल तिर कमल कला क्षेत्र तिर लागे । केही म्युजिक भिडियोहरु अभिनय गरेका कमललाई क्रमशः चलचित्रहरुमा समेत अफरहरु आउन थाल्यो । उनको प्रथम चलचित्र अन्तिम ग्रहण थियो । पल्टन, नबोले नि हाँसी राख न, ओम, नाइके, सडक र गन्तव्य जस्ता झन्डै दर्जन बढी नेपाली चलचित्रहरुमा उनले आफ्नो अभिनयकला दर्शक सामु प्रस्तुत गरेर आफूलाई अब्बल कलाकारका रुपमा कला क्षेत्रमा स्थापित गराइ सकेका छन् ।

कमल करिब डेड बर्ष वैदेशिक रोजगारीका शिलशिलमा मलेसिया समेत पुगे । त्यहाँ उनले कम्प्युटर हार्डवेयर सम्बन्धिमा काम गर्न अवसर पाए । परदेशको बसाइले उनलाइ नेपालमा नै केहि गर्नु पर्छ भन्ने पाठ सिकायो । उनि नेपाल फर्किए । पुनः आफू पनि जिम गर्दै अरु साथीभाइहरुलाई पनि सिकाउन थाले । स्थानीय सरकारी स्कुल कन्या माध्यामिक विद्यालयमा लेखापाल पदमा नियुक्ति समेत लिए । दिनभर सरकारी जागिर बिहान साझं रत्नश्री जिममा ट्रेनरका रुपका कामकाज गर्ने थाले । उनको शारीरिक सुगठन खेल यात्रा समेत निरन्तर चलि रह्यो । २०७० सालमा नेपालगञ्जमा आयोजित चौधौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितमा उनि ६० केजी तौल समुहमा तेश्रो भए । २०७३ साल उनका लागि निकै महत्वपुर्ण रहेको उनी बताउँछन् । त्यहि साल उनले ५ वटा प्रतियोगिता स्वर्ण पदक जित्ने अबसर पाए ।

२०७३ भाद्र १८ पश्चिमाञ्चल स्तरिय तेस्रो मिष्टर माछापुच्छरे मा ६० केजीमा स्वर्ण पदक २०७३ पुष ४ गते पश्चिमाञ्चल स्तरिय छैठौ मिष्टर पोखरामा ६० केजीमा स्वर्ण पदक पोखरामा सम्पन्न दोस्रो बुल्ल्स्मेन प्रतियोगितामा ५५ के जी तौल समुहमा सहभागी हुदै स्वर्ण पदक । चौधौ धर्मश्री खुला राष्ट्र व्यापी शारीरिक सुगठन प्रतियोगितमा ५५ केजी तौल समुहमा नै सहभागी हुदै स्वर्ण पदक । छैठौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितमा ५५ केजी तौल समुहमा सहभागी हुदै स्वर्ण पदक जिते । कमलले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुमा समेत आफ्नो उल्लेखनीय उपस्थिति दर्ज गर्न सफल भएका छन् ।

सन् २०१७ मा दक्षिण कोरियामा आयोजित ५१ औ एशियाली शारीरिक सुगठन प्रतियोगितमा पुरुष ५५ के जी तौल समुहमा उनले सहभागिता जनाउन अवसर पाए । जसमा उनी कास्य पदक जित्न सफल भए । त्यहि साल नै मंगोलियामा भएको नवौ विश्व शारीरिक सुगठन प्रतियोगितमा उनले ५५ केजी तौल समुहमाच सहभागिता जनाएका थिए । सन् २०१८ भारत पुणेमा आयोजित ५२‌औ एशियाली शारीरिक सुगठन प्रतियोगितमा समेत उनि सहभागी भए । सन् २०१९ मा नेपालमा आयोजित १२औ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितमा कमलले पुरुष ६० के जी तौल समुहमा रजत पदक हात पार्न सफल भएका थिए ।

खेल क्षेत्रबाट नै उनले तेस्रो टि.भि.एस पोखरा स्पोर्ट्स अवार्ड २०७४ मा बर्ष उत्कृष्ट खेलाडीको उपाधिसँगै उनले मोटरसाइकल समेत हात पारेका थिए । हाल उनि पोखरा-७, शान्तनगर स्थित रत्नश्री जिमका सन्चालक समेत हुन् । कमल डाइट नेपालका उत्पादनहरुका ब्राण्ड एम्बोस्ड्रर पनि हुन । जीवनमा सबैभन्दा रमाइलो क्षण संझदै उनि भन्छन, “दक्षिण कोरियाबाट ५१ औ एशियाली शारीरिक सुगठन प्रतियोगितमा कास्य पदक जितेर पोखरा फर्कने क्रममा हजारौ पोखरेली जनसगरले स्वागत गर्दै र्याली सहित नगर परिक्रमा गराएको पल म जीवनमा कहिल्यै बिर्सन सक्दिन् ।” कमल हिजोआज समेत जिममा बिहान देखि साझँसम्म आफु जस्तै प्रतिभावान खेलाडी जन्माउन प्रयासरत छन् ।

कमल भन्छन्, “मानिसको जीवनमा सबैभन्दा ठुलो कुरा भनेको नै स्वास्थ्य हो । खेलमा नै आफ्नो भविष्य बनाउने उद्देश्यले खाइरहेको सरकारी जगिर पनि छोडे । तर, म खुशी नै छु । परिवार र साथीभाईको माया ले गर्दा नै आज यो ठाउँ सम्म आइ पुगेको छु । जन्म पछी मृत्वु अवस्यंभावी छ, तर आफ्नो जीवनकालमा नै अझै केही राम्रो काम गरेर देखाउने चाहना छ ।” उनले सारा नेपालीलाइ स्वास्थ्य राख्ने उद्देश्यका साथ BE-FIT नमक संस्था खाेलेर सुगठित शरीर बनाउने बिभिन्न तालिम कार्यक्रमहरु संचालन समेत गर्न गरेको उनि बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग