१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमले आवाजविहीन जनताको आवाजलाई सशक्तरुपमा उठाउनुपर्ने बताएका छन् । पोखराबाट आजदेखि प्रसारण शुरु गरेको ‘एभरेष्ट एफएम’ को सेवा शुभारम्भ कार्यक्रममा उनले सञ्चारमाध्यमले सरोकार भएकालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

Advertisement

प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सरकारका गतिविधिलाई जनतासम्म लैजान र कमीकमजोरी सच्याउन पत्रकारिताको माध्यमबाट सञ्चारमाध्यमले सघाउने विश्वास व्यक्त गरे । प्रदेशका सञ्चारमाध्यमको सवलीकरणका लागि सरकाले लोककल्याणकारी विज्ञान उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोरोना महामारीका कारण विश्वभरका सञ्चारमाध्यम अहिले सङ्कटको अवस्थामा रहेको प्रतिकूल समयमा अनुकूलता देखेर एभरेस्ट एफएम अगाडि बढ्नु प्रशंसनीय रहेको बताए । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले अनुभवी पत्रकारको समूहले शुरु गरेको एभरेस्ट एफएम चाँडै नै गण्डकीवासी जनतामा लोकप्रिय बन्ने विश्वास व्यक्त गर्दै दिगोरुपमा मिडिया सञ्चालन ल्याउन ध्यान आग्रह गरे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गङ्गाधर पराजुलीले एफएम पत्रकारिताको क्षेत्रमा उदाहरणीय बन्न सकोस् भन्दै शुभकामना व्यक्त गरे । एभरेस्ट मिडिया हाउसले यसअघि एभरेस्ट आवाज डटकम सञ्चालनमा ल्याइसकेको छ । विश्वव्यापी महामारीका कारण दुई दशकदेखि सञ्चारकर्ममा लागेका सञ्चारकर्मीको रोजगारी गुमेपछि पोखराका अनुभवी तथा युवा उद्यमीसँगको सहकार्यमा सञ्चालनमा आएको प्रालिले एफएम रेडियो, अनलाइन न्यूज पोर्टल सञ्चालनमा ल्याइसकेको छ ।

चाँडै यूटूब च्यानल टिभी एभरेस्ट सञ्चालनमा ल्याइने प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताए । ‘सधैँ सँगै’ मुख्य नारा बनाएको एभरेस्ट एफएम एक हजार वाट क्षमताको रहेको र ९३ मेगाहर्जमा सुनिने र एफएम आवाजविहीनको आवाज बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई