८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाण्डौं । कोभिड–१९ को जोखिमको प्रभावले व्यक्तिवादी सोच हावी हुने पश्चिमा संस्कृतिभन्दा सामूहिकता र मेलमिलापसहितको पूर्वीय दर्शनको महत्व र सार्थकता बढेको दावी गरिएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रीय विभाग र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा आयोजित दर्शनसम्बन्धी भर्चुअल गोष्ठीमा प्राज्ञ, विभिन्न विश्वविद्यालयका उपकुलपति र विद्वानले यस्तो दावी गरे ।

Advertisement

उनीहरुले सहअस्तित्वको बुद्ध दर्शन र जयपृथ्वीबहादुुर सिंहको मानवतावादी सोच नेपालकै दार्शनिक सम्पत्ति भएकाले अब यसलाई प्राज्ञिक स्थान दिन औपचारिक शिक्षामा समावेशीकरण बढाउन पनि आग्रह गगरेका हुन् । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महामारीले विश्वलाई दिएका बेला मानवजातिको सामूहिक प्रयत्नबाट यसको सामना गर्न सकिने भएकाले यस क्रममा नेपाली दर्शनहरुको प्रेरणा महत्वपूर्ण हुने बताए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटा, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा.भरत झा, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा डा लेखनाथ शर्मा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशी, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराम रेग्मीले मानवजातिको जीवनमा दर्शनको महत्त्व र प्रभावका बारेमा विचार व्यक्त गरे।

लुम्बिनी विश्वविद्यालय, लुम्बिनीका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्य, पोखरा विश्वविद्यालयका उपकुपति प्रा. डा. प्रेमनारायण अर्याल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवाज कोइराला, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजु, नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति प्रा डा यादवप्रकाश लामिछाने, गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङ र नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका प्राध्यापक डा. विशाल सिटौलाले नेपाली दर्शन र परम्परागत ज्ञानलाई औपचारिक अध्ययनको विषय बनाउन पहल गर्ने बताए ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मानव जीवनमा पूर्वीय दर्शनको विशेष महत्त्व रहेको र आजको सन्दर्भमा पूर्वीय दर्शनको सार्थकता पुष्टि भएको जिकिर गरे । प्रतिष्ठानका सदस्यसचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा .जगतप्रसाद उपाध्यायले उच्च मनोवल बनाएर महामारीको सामना गर्नु र विचारको नवीकरण गर्नु नै यस वर्षको दर्शन दिवसको मूल सन्देश भएको विचार व्यक्त गरेका थिए । कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले ‘कोभिड–१९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर