बुटवल । सरकारले निवृत्तिभरण रकम वितरण गर्ने बैंकहरुलाई दिँदै आएको सोधभर्ना बापतको सेवा शुल्क खारेज गरेको छ । निवृत्तिभरण पाइरहेका निवृत्तभरकहरुलाई रकम भुक्तानी गर्दै आएका बैंकहरुलाई दिइने एक प्रतिशत सेवा शुल्क खारेज गरिएको अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।
गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषदको बैठकले विद्युतीय भुक्तानी प्रणाली अनुसार निवृत्तिभरण रकम सोझै बैंक खातामा पठाउँने प्रवन्ध गरिएकोले सेवा शुल्क हटाउने सम्बन्धि व्यवस्था गरेको हो । सरकारबाट सोधभर्ना प्राप्त गर्ने, शैक्षिक तथा सन्तति वृत्ती र अन्य भुक्तानीमा बैंकबाट नै अग्रिम भुक्तानी दिई सोधभर्ना गरिने रकममा भने सेवा शुल्क दिने व्यवस्था गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । देशभर हाल २ लाख ८४ हजार जनालाई वार्षिक ५५ अर्ब रकम खर्च हुँदै आएको छ ।
प्रतिक्रिया