७ आश्विन २०८०, आईतवार

Sep 24, 2023


दाङ । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आयोग नीतिगत, संरचनागत तथा व्यवस्थापकीय ढंगले प्रभावकारी रुपमा अघि बढेको बताएका छन । भूमि सम्बन्धी समस्या समाधानका लागि यसअघि गठित आयोगभन्दा गत वर्षको चैत्र ८ गते गठित भूमि सम्बन्धी समस्या समाधान आयोग कानूनी रुपमा समेत अधिकार सम्पन्न रहेको बताउँदै अध्यक्ष ज्ञवालीले लामो समयदेखि समस्याको रुपमा रहेको भूमिको उपभोग सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

Advertisement

भूमि सम्बन्धी समस्या समाधान आयोग र बबई गाउँपालिकाको आयोजनामा बिहीबार हापुरे दाङमा भूमि सम्बन्धी समस्या, यसको निकास र समाधानका लागि स्थानीय तह स्तरीय पशिक्षण कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष ज्ञवालीले संविधानले व्यवस्था गरे अनुसारको काम, भूमि सम्बन्धी समस्या समाधान आयोगका गठनादेश २०७६ का मुख्य व्यवस्थाहरु, भूमि सम्बन्धी ऐन २०२१ को आठौंं सम्शोधनमा भएका व्यवस्था, भूमि सम्बन्धी नियमको अठारौं सम्शोधनमा भएका व्यवस्था, भूमिहीन, सुकुम्बासी तथा अव्वस्थित बसोबासीको पहिचानका आधार र मापदण्ड, भूमिहीन सुकुम्बासी र अव्वस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्य विधि, विगतका आयोग, समिति र कार्यदलले गरेका अधुरा काम सम्पादन गर्ने सन्दर्भमा यस आयोगले घनिभूत रुपमा काम परिणाम देखिने गरी काम गर्ने उनको भनाई छ ।

भूमि सम्बन्धी ऐन २०२१ को आठौंं सम्शोधन र भूमि सम्बन्धी नियमको अठारौं सम्शोधनमा भएका व्यवस्थाका आधारमा अब स्थानीय तह, प्रदेश सरकार र केन्द्रले संयोजनकारी भूमिका निर्वाह गर्दै भूमिहीन, सुकुम्बासी र अव्वस्थित बसोबासीको समस्या समाधानको काम थालनी गरेको छ । सातवटै प्रदेशमा शुरुवाती चरणका १४ स्थानबाट थालिएको यो काम लुम्बिनी प्रदेशको दाङको बबई गाउँपालिका र रुपन्देहीको कञ्चन गाउँपालिकाबाट थालनी गरिएको छ ।

स्थानीय तहको छुट्टै शाखा गठन गरी भूमि सम्बन्धी समस्या समाधानको काम थालनी गर्न संवैधानिक रुपमा अधिकार सम्पन्न आयोगले हरेक तहमा कर्मचारी संयन्त्र तथा विभाग गठन गरी कामको शुरुवात गरेको छ । ३ वर्ष कार्यकाल रहेको आयोगले चालुआर्थिक वर्षको असार मसान्तसम्ममा देशभरको ७५३ स्थानीय तहमध्ये सयवटा पालिकामा लगत सबै खालको टिप्पणी उठाउने काम सक्ने लक्ष्य राखेको छ ।

१४ लाख भूमिहीन सुकुम्बासी, अव्वस्थित बसोबासी परिवार रहेको अनुमानका आधारमा तीनवटै तहबाट काम हुन लागेको छ । जिल्लाको बबई गाउँपालिकामा १६ जना कर्मचारी खटाइने गरी काम हुन लागेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगको काम कर्तव्य र अधिकारका विषयमा आयोगका सदस्य सचिव लिलाप्रसाद शर्माले अभिमुखीकरण गर्दै भूमिहीन सुकुम्बासी, अव्वस्थित बसोबासीको पहिचान प्रमाणीकरण र त्यसको प्रकृयाका बारेमा पनि जानकारी गराइएको थियो ।

यसैबीच, भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन ईकाईको हापुरेमा उद्घाटन समेत भएको छ । सो ईकाईको उद्घाटन आयोगका अध्यक्ष देवी ज्ञवालीले गरेका हुन् । कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य बिमला वली, आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेत, गाउँपालिका उपाध्यक्ष सावित्रा बिक, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, स्थानीय राजनीतिक दलका प्रमुख, स्थानीय नागरिकलगायतको सहभागीता रहेको थियो । उपाध्यक्ष सावित्रा बिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल