७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

ज्योति जंग राणाको जन्म जनकपुर २ जनकचोंकमा वि.स. २०१५ सालमा भएको थियो । राणा परिवारमा जन्मेका उनी युवा अवस्थामा सारै दुब्लो पातलो थिए । ३०/३१ साल तिर जनकपुरमा उनका काका प्रहरी इन्स्पेक्ट्रर बिजेन्द्र सिंह राठौरको जनकपुरमा सरुवा भयो । बिजेन्द्रका छोरा जोगेन्द्र घरमा नै व्यायाम गर्ने गर्थे । दाजु जोगेन्द्रले व्यायाम गर्ने गरेको ज्योतीले खुब अभिरुची पुर्वक हेर्ने गर्थे । बेञ्च प्रेस गर्दा सपोर्टका लागि साथी चाहिने हुदां जोगेन्द्रले ज्योतीलाइ पनि आफूसँग व्यायाम गर्न लगाए । ज्योतीलाई के खोज्छस् काना आखाँ भने झै भयो । दाजुसँग लागेर क्रमशः उनले पनि व्यायाम गर्न शुरु गरे ।

Advertisement

पछी काकाको जनकपुरबाट काठमाण्डौ सुरुवा भयो । दाजु जोगेन्द्रले व्यायाम गर्ने सामानहरु भाइ ज्योतीलाई उपहार स्वरुप छाडेर गए । ज्योतीले ति सामानहरु आफ्नै घरको गोठ अगाडी रहेको खाली ठाउँमा राखेर व्यायामलाई निरन्तरता दिए । पछि उनले केही सामान भारतबाट लिएर थप समेत गरे । त्यस जिममा अरबिन्द्र नारायण सिहं, सनातन खान, दिनेश शर्मा र सुर्य सिलवाल (जो पछि गृह सचिव समेत भएका थिए ) लगायतका जनकपुरका स्थानीय युवाहरु व्यायाम गर्न आउने गर्थे । उनिका भिनाजु काठकाण्डौमा नेशनल ट्रेडिङ्गमा जागिरे थिए । दिदि भिनाजुलाइ भेटन जनकपुरबाट काठमाण्डौ आउँदा भिनाजुले नेशनल ट्रेडिङ्गमा नै जागिरे रहेका शारीरिक सुगठनका पुराना खेलाडी रमेश खनालसँग उनको भेट गराई दिए ।

बडी बिल्डर रमेश खनालले उतिवेला युवालाई शारीरिक सुगठन खेलका शिल्पहरु व्यायाम चार्टहरु बनाएर सिकाउने गर्थे । ज्योतीले पनि रमेश खनालबाट बेला बेलामा व्यायाम चार्टहरु लिएर सोही बमोजिम जनकपुरमा आफू र साथीहरुले व्यायाम गर्ने गरेको बताउँछन् । सोही समयमा उता धरानमा राज भगत प्रधानाङ्ग र बिराटनगरमा पार्थसारथि सेन गुप्ता लगायतका युवाहरुले जिम गर्ने गरेको उनले थाह पाए । क्रमशः उनिहरु बीच चिनजान भयो । अनुकुलताका आधारमा जो राजधानी जान्छ उस्ले नै नयां व्यायाम चार्टहरु ल्याउने र एकआपसमा साटेर जिम गर्ने सहमती भयो । भेटघाट बढ्दै जादा मित्रता समेत प्रगाढ हुन थाल्यो । साथीहरु मिलेर राजबिराज, धरान, जनकपुर र बिराटनगरमा शारीरिक सुगठन खेलको प्रचार प्रसार गर्न थाले ।

वि.स. २०३८ साल राखेपले नेपाली खेलकुद क्षेत्रको प्रथम वृहत राष्ट्रिय प्रतियोगिताको आयोजन गर्दै थियो, जस्मा शारीरिक सुगठन खेलपनि समावेश थियो । २०३८ भदौ २८ गते आयोजित त्यस प्रतियोगितामा मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, लुम्बिनी, धौलागिरी, भेरी, बाग्मती र गण्डकी गरी ११ अञ्चलका ३५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा तीन बजन समुहमा प्रतिस्पर्धा गराइएको थियो । ५८ केजी तौल समुह ६५ केजी तौल समूह ६५ केजी तौल भन्दामाथि । ५८ केजी तौल समुह निलकण्ठ नारायण मानान्धर मिष्ट्रर नेपालको उपाधि जित्न सफल भए । तिर्थ महर्जन सो बजन समुहमा दोश्रो भए । यसै गरि ६५ केजी तौल समूहमा शिवलाल श्रेष्ठले मिष्ट्रर नेपालको उपाधि चुमे । ६५ केजी तौल भन्दामाथि ज्योतिजंग राणा मिष्ट्रर नेपाल घोषित भए । उनको बजन समुहमा उदय बहादुर श्रेष्ठ दोश्रो, अशोक दत्त तेश्रो र पुष्प श्रेष्ठ चौथो भएका थिए ।

सो प्रतियोगिता जितेसँगै धेरैले ज्योती राणालाई चिन्न थाले । ३९ / ४० साल तिर पाकिस्तानमा एशियाली शारीरिक सुगठन प्रतियोगिता हुने निधो भयो । राष्ट्रिय प्रतियोगितामा बिजेता भएकाले गुरु रमेश खनालले ज्योती राणालाई काठमाण्डौमा राखेर तालिम दिन थाले । ट्रेनिङ्ग शुरु भएको केही महिना मै उनका बुबा बिमारी भए । घरको जेठो छोरो भएको नाताले घरबाट बारम्बार उनलाई फोन आउन थाल्यो । ज्योतीका अर्का भाइ प्रकाश जंग राणासमेत फुटवलका अण्डर-१९ का राष्ट्रिय खेलाडी थिए । जो राजधानीमा नै राष्ट्रिय प्रतियोगिताको छनौट चरण पार गरेर क्लोज क्याममा तालिम गर्दै थिए । बिरामी बुबाको हेरचाह गर्न दुइभाइ मध्ये एक, जनकपुर जानु पर्ने भयो । गुरु रमेश खनाललाई एक बचन समेत नसोधी ज्योती जनकपुर हानिए ।

घर छिर्दा ढोका छेउमा राखिएका बियरका कार्टुनहरु देखेर उनि छक्क परे । घरमा बियर खाने मान्छे कोही थिएन । पछी बुझ्दा थाह भयो, मुत्र सम्बन्धी समस्या देखिएकोले बुबाले नै चिकित्सक सर्जन अन्जनी कुमार शर्माले जाैकाे झाेलले मुत्र थैलो सफा गर्ने सल्लाह दिएकाले दवाइका रुपमा बियर खान थालेका रहेछन् । सन् १९८० को मस्को ओल्मपिकका लागि बेट लिफ्टिङ्ग खेलमा ज्योति जंग राणा र राज भगत प्रधानाङ्ग लगायतका खेलाडीहरुको छनौट भए । उनिहरुलाई क्लोज क्याममा तालिमका लागि जावलाखेलमा राखियो ।

वेट लश गराउनका लागि उनका कोचले उनीहरुलाइ बिहानै रिङ्गरोडमा दैड्न लगाउथे । तर दुवै जना साथीहरु आफ्नो वेट नघटाउने मनशायमा थिए । विभिन्न बहाना गरेर कोचलाई झुक्याउने गरेको हाँस्दै उनले बताए । पछि तालिमका दैरान घाइते भएर उनि मस्को खेल्न जान पाएनन् । ज्योति जंग राणा बारेमा चर्चा गर्दै शारीरिक सुगठनका अग्रज रमेश खनाल भन्छन्, ” ज्योति एक अनुशासित खेलाडी हुन् । जनकपुरमा शारीरिक सुगठन खेलको प्रचार प्रसारमा उनको ठुलो देन छ । पारिवारिक जिम्मेवारीका कारणले गर्दा उनको खेलयात्रा उति सारो लामो हुन सकेन ।”

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल