१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

दाङ । दाङका २ जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ का ५६ बर्षीय र ८१ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । ५६ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार विहान २ बजेर २० मिनेटमा मृत्यु भएको उनले बताए ।

Advertisement

कोरोनाको आशंकामा कात्तिक २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा २५ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि कात्तिक २७ गते कोहलपुरमा ल्याइएको थियो । उनी मधुमेह र मृगौलाका विरामी थिए । त्यस्तै वडा नं. ६ का ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीवार विहान साढे ३ बजे मृत्यु भएको उनले बताए । कोरोनाको आशंकामा कात्तिक २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा त्यसै दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि त्यसै दिन साँझ ४ बजे उनलाई भेरी अस्पतालमा ल्याइएको थियो । उनी मधुमेह र मृगौलाका विरामी थिए ।

जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिकामा ८ जना, तुलसीपुरमा १० जना, लमही नगरपालिकामा ३ जना र राप्ती गाउँपालिकामा २ जना कोरोना संक्रमणको मृत्यु भएको छ । जिल्लामा बुधबारसम्म २१ हजार ३१२ जनाको स्वाब पीसीआर परीक्षण गर्दा २ हजार ७८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

ति संक्रमितमध्ये २ हजार २५० जना निको भएर डिस्चार्ज भएको कार्यालयका फोलक पर्सन कमल चन्दले जानकारी दिए । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ५१२ जना रहेको र ति मध्ये ४३३ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ७९ जना रहेको उनले जानकारी दिए । जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएर अहिलेसम्म १३ हजार ५२६ जना क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली