७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

विराटनगर नेपालको चौथो ठुलो शहर हो, जुन साविक कोशी अञ्चल अन्तर्गतको मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ । हाल यो प्रदेश नम्बर १ को राजधानी समेत हो । यो शहरले नेपाली खेलकुदको क्षेत्रलाई थुप्रै होनहार खेलाडीहरु दिएको छ । अझै शारीरिक सुगठन खेलको कुरा गर्ने हो भने यसले घनश्याम मुखिया, पार्थसारथि सेन गुप्ता, पुष्प श्रेष्ठ र मोहन डंगोल जस्ता प्रतिभाशाली खेलाडी जन्माएको छ ।

Advertisement

आज हामी शारीरिक सुगठन खेलका अघिल्लो पुस्ताका खेलाडी मोहन दंगोलका बारेमा चर्चा गर्दै छौ । मोहन डंगोलको जन्म वि.सं. २००६ सालमा बिराटनगरमा भएको थियो । होचो कद गाँठीका मोहनलाई सानै देखी खेलकुदमा लगाव थियो । शारीरिक तन्दुरुस्तीका लागि साथीहरु मिलेर विराटनगर रानी स्थित आफ्नै घरमा सानो व्यायामशाला बनाएर कसरतहरु गर्ने गर्थे । उतिबेला दुईदुई इँटा दुई तिर बाँधेर बीचमा काठ राखेर बनाएको घरेलु बारबल रडबाट नियमित रुपमा व्यायाम गर्न गरेको मोहन बताउँछन् ।

२७-२८ साल तिर घनश्याम मुखिया भारतमा बिश्ब बिहार शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेर तिर नेपाल फर्किएका थिए । त्यतिबेला विराटनगर तिर कुस्ति पेहलवानीको खुब प्रचलनमा थियो । सुरुवातदेखि हेर्ने हो भने शारीरिक सुगठन खेललाई भारत्तोलनसँग नै जोडिएर हेरिने गथ्र्यो । उनले यो पहलमानी नभइ शारीरिक सुगठन (बडी बिल्डिङ्) भएको कुरा उनले युवाहरु बुझाए । क्रमशः कुमारदाई अर्थात घनश्याम मुखियासँग मोहनको हिमचिम बढ्न थाल्यो । भारतमा नाम कमाएर फर्किएका कुमार दाईको शरिर कस्तो होला ? भनेर मोहनलाई सधै जिज्ञासा लाग्न थाल्यो । एकदिन धेरै अनुरोध गरेर कुमारदाईलाइ शरिर देखाउन उनले अनुरोध गरे ।

उनको अनुरोध स्विकार गर्दै कुमारदाइ उनलाई आफ्नो शरीर प्रदर्शन गरे । उनको शरीर देखेर मोहन तिन छक्क परे । आफुले ढुङ्गा खोज्दा देउता पाए सरह भयो मोहनलाई । उनले थप प्रतिबद्ध भएर व्यायाम गर्न थाले । वि.सं. २०२९ साल तिर घरानमा व्यायाम गर्ने राज भगत प्रधानाङ्ग जागिरका शिलशिलामा विराटनगर आएका बेला मोहनसङ्ग उनको भेट भयो । त्यसपछि दुवै जना सँगै मिलेर व्यायाम गर्न थाले ।

वि.सं. २०३१ साल तिर भारत दार्जिलिङ्गबाट त्यहाँका शारीरिक सुगठन खेलका प्रशिक्षक गनु गिरीले छिरिङ्ग नाम गरेका खेलाडी लिएर आएका थिए । विराटनगर स्थित अरुण सेनेमा हलमा छिरिङ्गले आफ्नो शारीरिक पोजहरुको डमोष्ट्रेशन गरे । मोहनलाई छिरिङ्ग बलिष्ठ र मिलेको शारीरिक बनावटले असाध्यै प्रभाव पार्यो । आफुले पनि उस्तै शरीर बनाउने संकल्प गरे । भारतमा गएर केही थान डम्बल रड र प्लेटहरु आफ्नो व्यायामशालामा थप गरेर आफ्नो व्यायामलाइ थप सशक्त बनाउँदै लगे । एकपटक विराटनगरमा भएको विराट मेलामा उनको चिनजान पार्थसारथि सेन गुप्तासँग भयो । जो विराटनगरमा व्यायामशाला खोलेर व्यायाम गर्ने गर्थे । सबैले मिलेर विराटनगरमा एउटा शारीरिक सुगठनको प्रतियोगिता आयोजना गर्ने निधो गरे ।

वि.सं. २०३० सालमा तत्कालीन अवस्थामा ईंटाभट्टाका सञ्चालक अर्जुन प्रसाद अर्यालको आर्थिक सहयोगमा विराटनगरको हिमालयन हलमा प्रथम मिष्टर विराटनगर शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भयो । जसमा सुमन श्रेष्ट उपाधि विजेता बने । २०३४ सालमा वीरेन्द्र सभागृहमा त्रिभुवन आदर्श क्लबको आयोजनामा भएको दोस्रो मिष्ट्रर विराटनगर प्रतियोगिता सम्पन्न भयो । जसमा मोहन डंगोल उपाधि विजेता बनेर उपाधि उचाल्न सफल भए । मोहन डंगोलको बारेमा चर्चा गर्दै शारीरिक सुगठनका अग्रज घनश्याम मुखिया भन्छन्, ‘मोहन एक मेहनती खेलाडी हुन् । व्यायाम गर्दा निकै एकाग्रता पुर्वक व्यायाम गर्ने गर्थे । असाध्यै सम्भावना भएता पनि पारिवारिक जिम्मेवारीका कारण उनको खेलयात्रा त्यत्ति लामो हुन सकेन ।’

मोहनले माध्यमिक तह सम्मको अध्ययन भारतको बनारसमा गरेका थिए । पछि नेपालबाट नै व्यवस्थापन विषयमा स्नातक उतिर्ण गरे । उनका समकक्षी पार्थसारथि सेन गुप्ता भन्छन्, ‘मोहन आफ्नो समयको विराटनगरमा भएका शारीरिर सुगठन खेलाडीहरु मध्ये शर्ट हाइट तर्फका उत्कृष्ट खेलाडी हुन् । उनले शारीरिक सुगठन खेलमा पुर्याएको योगदान नयाँ पिडीका खेलाडीहरुका लागि अनुकरणीय छ ।’

हाल मोहन विराटनगरमा कलरल्याब सञ्चालन गरेर बसेका छन् । कलरल्याबको नाम आर्मसले नै उनी अझैपनि शारीरिक सुगठन खेल तर्फको मोह हटेको छैन भन्ने कुरा बुझ्न काफी छ । शारीरिक सुगठनका पहिलो पुस्ताका खेलाडी मोहन डंगोलले यस खेल प्रति देखाएको समर्पणभनवको उच्च मुल्यांकल गर्दै शारीरिक सुगठन रुपन्देही परिवार हृदयदेखि नै उनी प्रति हार्दिक सम्मान प्रकट गर्दछ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल